चितवन विशेष

माझीको परिवारलाई इन्सेकको आर्थिक सहयोग

Banner

चितवन,जेठ १७-

खैरहनी १० कठारस्थित मुसहर वस्तीकी ३५ वर्षीया गीता माझीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले परिवारलाई १५ हजार नगद सहयोग गरेको छ । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले मृतकको छोरी पुष्पा माझीलाई सो रकम मंगलबार हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएकाको लागि इन्सेकले हिंसा पीडित परिवारलाई सहयोग गर्दै आएको छ ।

बलात्कार पछिको गहिरो चोटका कारण आमाको उपचारका क्रममा मृत्यु भएको भनी गीताकी छोरी पुष्पा माझीले मंगलबार जिल्ला प्रहरी कार्यालय चितवनमा जवरजस्ती करणी र कर्तव्य ज्यान अन्तर्गत उजुरी दिनुभएको छ । आरोपीत ४० वर्षका रामचन्द्र माझी जेठ १२ गते राती नै गिरफ्तार भएका हुन् ।

श्रीमानले हात र लठी यौनी र मलद्धारबाट छिराउँदा गुप्त अंगका भागहरु च्यातिएकोमा सोमबार अप्रेशन भएको थियो । जेठ १२ गते मादक पदार्थ सेवन गरि आएका श्रीमान रामचन्द्र माझीको निर्घात कुटाइबाट घाइते उनको भरतपुर अस्पतालमा उपचार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>