भिडियो

अन्तरजातीय विवाहमा आधारित गीत ‘जात’ सार्वजनिक

Banner

चितवन, जेठ १७-

‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

डीएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवम् एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डीएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् । भिडियोमा अन्तरजातीय विवाह गरेको लक्ष्मी र जीवनको ‘रियल जोडी’को अभिनय रहेको छ ।
गीतको भिडियोमा भने जातीय विभेदले छुटेको प्रेमकथालाई देखाउन खोजिएको छ । ज्ञानेन्द्र शर्मा हुँमागाईको छायांकन रहेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका हुन् । गीत र भिडियोलाई स्रोता दर्शकले रुचाउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>