चितवन विशेष

सौराहा र शिवघाटको होटलमा बलात्कार गरेको भन्दै उजुरी,युवकलाई कारागार पठाउन आदेश

Banner

चितवन,जेठ १६-

बालिकामाथि बलात्कारको अभियोगमा एक युवकलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। भरतपुर महानगपालिका वडा नम्बर १० का २९ वर्षे शिव काफ्लेमाथि नाबालिक बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो। उनको परिवारले गैंडाकोटमा कालिका मेडिकल एण्ड टेक्निकल कलेज र भरतपुरमा छात्राबास सञ्चालन गर्छ। काफ्ले एमबिबिएस पढ्दै छन्।

होस्टेल सञ्चालक समेत रहेका काफ्लेले आफूमाथि बलात्कार गरेको भन्दै बालिकाले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। बालिकाको जाहेरीपछि वैशाख १९ गते प्रहरीले युवकलाई नियन्त्रणमा लिएको थियो। जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले काफ्लेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

आदेशमा बालिकाले २०७८ साल पुसको अन्तिमतिर सौराहाको र फागुनमा शिवघाटको रिसोर्टमा लागेर जबरजस्ती करणी गरेकोले पक्राउ गरी कारबाही गरिपाऊँ भनी किटानी जाहेरी दिएको र रिसोर्टका सञ्चालकले पनि उनीहरू आफ्नो रिसोर्टको कोठामा बसेको बयान दिएकाले प्रतिवादीलाई अहिले नै कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको उल्लेख छ। आदेशमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहर बमोजिम हुनेगरी हाल मुलुकी फौजदारी कार्यविधि २०७४ बमोजिम कारागारमा थुनामा राख्ने उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>