गसिप
छक्कापञ्जा-२ को रेकर्ड तोड्दै कबड्डी-४,दुई दिनमा कमायो ६ करोड
०

चितवन,जेठ १५-
फिल्म कबड्डी ४ः द फाइनल म्याच ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्मले घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरको कीर्तिमान कायम गरेको छ। शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले पहिलो दिन तीन करोड माथि कमाएको छ।
यसअघि छक्कापञ्जा २ ले फिल्म प्रदर्शनको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो।छक्कापञ्जा २ को रेकर्ड तोड्दै कबड्डी ४ ठूलो ओपनर फिल्म बनेको हो।
वितरक गोविन्द शाहीका अनुसार फिल्मले दुई दिनमा ६ करोड भन्दामाथि व्यापार गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























