Breaking News

कलम र डायरी दिएर कांग्रेस चितवनले गर्‍यो जनप्रतिनिधिलाई सम्मान

Banner

चितवन, जेठ १३–

नेपाली कांग्रेस चितवनले शुक्रबार कांग्रेसबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ तथा सम्मान गरेको छ ।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा एक कार्यक्रमकाबीच सात वटै पालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । जनप्रतिनिधिहरुलाई केन्द्रीय सदस्य शंकर भण्डारीले डायरी र कलम प्रदान गरेका थिए भने जिल्ला सभापति राजेश्वर खनालले टिका लगाएर सम्मान गरेका थिए ।

जिल्ला सभापति खनालले जनताको गुनासो टिप्नका लागि जनप्रतिनिधिहरुलाई कलम र डायरी प्रदान गरिएको बताए । चितवनका ७ पालिकाहरु भरतपुर, रत्नननगर, खैरहनी, कालिका, राप्ती, माडी र इच्छाकामनाका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । कांग्रेसबाट भरतपुर महानगरपालिकाको उपप्रमुखमा चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाको प्रमुखमा प्रलाद सापकोटा, खैरहनी नगरपालिकाको प्रमुखमा शशी कुमार खनिया, राप्ती नगरपालिकाको उपप्रमुखमा देवेन्द्र लामा र माडी नगरपालिकाको उपप्रमुखमा खेमप्रसाद महतो निर्वाचित भएका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, टेकप्रसाद गुरुङ, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, निर्वाचित जनप्रतिनिधिको तर्फबाट भरतपुरका उपप्रमुख चित्रसेन अधिकारी, गीता देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राजीव न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>