चितवन विशेष

भरतपुर–२३ का वडा अध्यक्ष दवाडीले गरे पदभार ग्रहण

Banner

चितवन, जेठ ११–

भरतपुर महानगरपालिकाका–२३ का वडा अध्यक्ष दीपक दवाडीले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।

एक औपचारिक कार्यक्रमकाबीच दवाडीले पदभार ग्रहण गरेका हुन् । उनलाई वडाका कर्मचारीहरुले फूलमालाले स्वागत तथा सम्मान गरेका थिए । सो क्रममा उनले आफ्नो पाँच वर्षे कार्यकालमा वडालाई महानगरकै नमुना वडा बनाउने प्रतिवद्धता जनाए । उनले आफूलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण वडाबासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै वडा सदस्यहरुमा निर्वाचित विन्दु दराई, अञ्जु परियार, हर्कबहादुर लुङवा र रामप्रसाद चालिसेले समेत पदभार ग्रहण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>