Breaking News

काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा डंगोलको जित सुनिश्चित, वडामा माओवादी ‘निल’

Banner

काठमाडौं, जेठ ११-

काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ ।

काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौं महानगरको वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वटा वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।

मेयरमा बालेन र उपमेयमार डंगोलको विजय सुनिश्ति

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपपेयरमा एमालेकी सुनिता डंगोलले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै उनीहरुले जित पक्का गरेका हुन् । प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन् ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् । अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।

त्यसैगरी काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उपमेयरकी उम्मेदवार सुनिताले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>