Breaking News

पाण्डेको कारबाही फिर्ता गर्न मिश्रले गरे कार्यसम्पादन र केन्द्रीय समितिसँग अनुरोध

Banner

काठमाडौँ, जेठ ११-

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई गरिएको कारबाही फिर्ता हुने भएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिंदै पाण्डेको कारबाही फिर्ता गर्न केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका हुन् ।

मिश्रले आफ्ना कमजोरी र त्रुटिप्रति क्षमायाचना गर्दै भनेका छन्,मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेजका कारण विवाद भई कारबाही गरिएका व्यक्तिको कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’

दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएका सबैलाई पुनः पार्टीमा फर्किएर सामेल हुनसमेत मिश्रले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>