Breaking News

भरतपुरका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ ग्रहण (फोटो फिचर)

Banner

चितवन, जेठ ११–

भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मंगलबार राति जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण गराएका थिए । दाहालले देश र जनताको हितमा काम गर्ने सपथ खाएकी थिइन् । लगत्तै प्रमुख दाहालले नवनिर्वाचित उपप्रमुख चित्रसेन अधिकारीलाई सपथ ग्रहण गराएकी थिइन् ।

महानगर प्रमुख दाहालले सामूहिक रुपमा वडा अध्यक्ष र सदस्यहरुलाई समेत सपथ खुवाईएकी थिइन् । सपथ ग्रहणअघि जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।निर्वाचित जनप्रतिनिधिहरुले आजै पदभार ग्रहण गर्दैछन् । भरतपुर महानगरको ११ दिनसम्म गरिएको मतगणनामा मंगलबार नै सकिएको थियो । महानगरमा कुल १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

महानगरले कांग्रेसले एक उपप्रमुखसहित १६ वटा वडा अध्यक्ष जितेको छ भने नेकपा एमालेले ६ वडा वडा अध्यक्ष, नेकपा (माओवादी केन्द्र)ले एक प्रमुखसहित ३ वटा वडा अध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा अध्यक्ष र एक स्वतन्त्रले वडा अध्यक्ष जितेका छन् । मंगलबार अन्तिम नतिजा सार्वजनिक भएसंगै गठबन्धनले दिउँसो विजय जुलुस निकालेको थियो भने साँझ विजय सभा नै आयोजना गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>