मनोरञ्जन

कोरियामा बस्ने नेपाली युवा नविनले ल्याए नयाँ म्युजिक भिडियो ‘हाम्रो सम्बन्ध’

Banner

चितवन, जेठ २-

दक्षिण कोरियामा रहेका युवा गायक नविन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द, संगीत रहेको छ । गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ ।

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायांकन गरिएको यस भिडियोमा विप्लव आले मगर र सजिना गुरुङबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । इकामशटको सम्पादन र छायांकन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलको गीतहरु सार्वजनिक भइसकेका छन् । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>