चितवन विशेष

भरतपुर २३ का युवा उम्मेद्वार दीपक दवाडी भन्छन्ः वडाको मुहार फेर्नेछु

०
Banner

चितवन, वैशाख २७–

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर २३ को वडा अध्यक्ष उम्मेद्वार हुन् दीपक दवाडी । विद्यार्थी राजनीतिबाट चर्चा कमाएका युवा वडाको नेतृत्व गर्नका लागि चुनावी मैदानमा उभिएपछि वडाबासी दंग छन् ।

आज मौन अवधि अघिको अन्तिम घरदैलो पश्चात नेपाली कांग्रेसबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका दवाडी खुशी छन् । घरदैलो अभियानको क्रममा सबै जनताबाट सकरात्मक प्रतिक्रिया पाएकोले आफ्नो जित सुनिश्चित रहेको दवाडी बताउँछन् । ‘मेरो जीत सुनिश्चित छ, यसपटक युवालाई जिताउनेमा ढुक्क छु’–दवाडीले भने ।

उनले समग्र जगतपुरको विकास र समृद्धिका लागि युवा नेतृत्व अघि बढेको बताए । उनले आफू निर्वाचित भएपछि जगतपुरलाई समृद्ध वडाको रुपमा विकास गरिने प्रतिवद्धता जनाए । अध्यक्षमा दवाडीसंगै वडा सदस्यहरुमा महिला सदस्य (भिमा भुसाल (रुख), दलित सदस्य लक्ष्मी बिश्वकर्मा (हसिया हतौडा), खुला सदस्यमा राजकुमार दरै (हसिया हतौडा), हर्क लुम्बा (दुई रुख) रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>