Breaking News

भरतपुरका मतदाता प्रभावित पार्न निस्सा बाँड्दै हिड्ने खड्का र तिमिल्सिनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Banner

चितवन,बैशाख २६-

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सिनालाई स्पष्टीकरण सोधेको छ । आयोगले खड्का र तिमिल्सिनालाई पत्र प्राप्त भएको तीन दिनभित्र जवाफ पेश गर्न भनेको छ । आयोगले तिमिल्सिना र खड्कालाई स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुरका मतदातालाई भूमिको निस्सा बाँडेको हो, होइन ? भूमिको निस्सा बाँड्दा निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? भन्ने प्रश्नको स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ ।

२३ वैशाखमा तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरीत चितवनको भरतपुर–११ गणेस्थानमा भूमिको निस्सा बाँडेका थिए । आयोगले राष्ट्रिय भूमि आयोगलाई मातहतबाट हुने भूमिको निस्सा वितरणसम्बन्धी सम्पूर्ण कार्य निर्वाचन आचारसंहिता लागू रहने अवधिसम्म स्थगित गर्न पनि अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>