भिडियो

गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गौतम(भिडिओ)

Banner

काठमाडौँ, वैशाख २०–

नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् ।

एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी राजनीतिक दलमा खुलेका थिएनन् । तर गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेका छन् । यसले पनि उनले आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् ।

एकीकृत समाजवादीले गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरेको छ । गीतमा ‘कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने’ लगायतका शब्द रहेका छन् । गीतको बोल ‘जनता जगाउने, कलममा छाप लगाउने’ रहेको छ । गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ । संगीत केसीको रहेको छ ।

गीतमा एकीकृत समाजवादी व्यक्तिवादी नभई विचारवादी, नेताभन्दा नीति प्रधान रहेको उल्लेख छ । उद्योग, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकासका लागि कलममा मतदान गर्न आह्वान गरिएका शब्द गौतमले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>