राशिफल

मिथुनको प्रगतिको ढोका खुल्ने, कर्कटमा उमंग थपिने

Banner

काठमाडौं, २० वैशाख-

२० वैशाख, २०७९ मंगलबार । तद्नुसार मे महिनाको ३ तारिख २०२२ । वैशाख शुक्लपक्ष अक्षय तृतीया,९सनातन धर्मावलम्बीका लागि आजको दिन महत्वपूर्ण दिन हो० आज परशुराम जयन्ती पनि हो । मुश्लिम धर्मावलम्बीको इद उल फितर पनि हो । आज सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको छ । आज विश्वप्रेस स्वतन्त्रता दिवस पनि परेको छ ।

आज बिहान सूर्योदय ५ः२४ मिनेटमा भएको छ भने सूर्यास्त १८ः३८ मा हुनेछ । रोहिणी नक्षत्र, शोभन योग, चन्द्रमा वृष राशिमा छ। आज बिहान ११ः३५ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । आजको देवता वृहस्पति र ग्रहदेव शुक्र हुन् । आजको दिन तपाईंले जुनसुकै शुभकार्य गर्न सक्ने दिन हो । आजको दिनलाई वर्ष भरीको महत्वपूर्ण दिन मानिन्छ । त्यसैले आजको दिनलाई अक्षय तृतीया पनि भनिन्छ ।

आजको राशिफल

मेष (चु,चे।चो,ला,लि,लु,ले,लो,अ)

आज मेष राशीका मानिसमा मन चन्चल हुनसक्छ । पारिवारिक समस्याका कारण घरमा केही आन्तरिक कहल हुनसक्छ । आजको दिन मेष राशी भएका व्यक्तिका लागि मौन रहेर आफ्नो काम सम्पादन गर्नु उत्तम हुनेछ । परिवारभित्रका जेष्ठ सदस्यका कुरा सुनेर काम गर्नु शुभ हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा, वि, वु, वे, वो)

आफन्तजनसँगको मित्रभावका कारण साथ सहयोग मिल्नेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । यात्राका लागि पनि आजको दिन उत्तम छ । तपाईंको समय श्रीबृद्धिका लागि अघि बढ्ने देखिन्छ । छोटो दूरीको यात्राको अवसर प्राप्त हुनसक्छ । यात्राबाट नयाँ कार्यको शुरुवात हुनसक्छ । आजको दिन शुभ दिन छ । चन्द्रमाको साथ छ ।

मिथुन ( क, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएका व्यक्तिका लागि आज शुभ छ । तपाईंको प्रस्तुतिमा प्रभाव पर्नेछ । त्यसको कारण मीठो भोजन र आकस्मिक धनलाभ पनि हुनसक्छ । आजको दिन आफन्त र परिवारजनबाट आर्थिक सहयोग प्राप्त गर्दा तपाईंको उन्‍नति र प्रगतिको ढोका खुल्नसक्छ ।

कर्कट (हि, हू, हे।हो, डा, डि, डु, डे, डो)

आजको दिन बिहान घरबाट बाहिर निस्कदा उत्तर मुख पर्खेर निस्कनु भयो भने दिन सफल हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि र नयाँ वस्त्र खरिद, आजको दिन आभुषण खरिद गर्दा लाभ मिल्नेछ । आजको दिन मनमा उत्साह, उमङ्ग थपिने छ । नयाँ काम गर्न समेत उत्साह हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएका जातकका लागि आजको दिन समय अनुकुल नहुनसक्छ । तपाईंको फजुल खर्च, अनावश्यक यात्रा हुनसक्ने सम्भावना छ । स्वास्थ्यमा प्रतिकुलता हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिँदै आजको दिन नियमित कार्यबाहेक अन्य कार्यमा त्यति धेरै ध्यान नदिँदा राम्रो हुनेछ ।

कन्या (टो,प, पी, पू, ष, ण, ठ, पे, पो)

व्यापारमा लागेका कन्या राशिका जातक हुनुहुन्छ भने आजको दिन व्यापारबाट लाभ मिल्नेछ । सन्तानबाट सुख, मीठो भोजनप्रतिका लागि निम्तो, स्त्रीबाट साथ सहयोग समेत मिल्नेछ । आजको दिन रसस्वला नभएकी कुमारी कन्यालाई भोजन र दक्षिण दिनुभयो भने मनमा प्रशन्नता बृद्धि हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

आकस्मिक मानसम्मान र अवसर प्राप्ति हुनेछ । तपाईंले गर्दै आउनुभएको कामको सम्मान र घरपरिवार र इष्टमित्रबाट साथ सहयोग हुनेछ। सरकारी अधिकारी हुनुहुन्छ भने आज तपाईंले गरेको कामको उपल्लो तहका अधिकारीबाट सम्मानका शब्द प्राप्त हुनसक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यात्राका लागि प्रस्ताव आउनसक्छ । धार्मिक यात्रामा जान उत्तम हुनेछ । चन्द्रमाका कारण तपाईंको कार्यसिद्धि हुनेछ । नयाँ अवसरको प्रस्ताव आउनसक्नेछ । व्यवसायमा हुनुहुन्छ भने आजको दिन केही नयाँ स्थानको यात्राको प्रबन्ध मिलाउनु होला ।

धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे)

धनु राशि भएका व्यक्तिका लागि आजको दिन त्यति उत्तम मान्‍न सकिँदैन । मनमा अनेक सोच, स्वास्थ्यमा समेत कष्ट आउन सक्छ । आकस्मिक नयाँ समस्या आउन सक्छ । मनमा भय, त्रास आउनसक्ने हुनाले आजको दिन नियमित बाहेक नयाँ काम, यात्रा र आफन्तजनसँगको भेटलाई यति उत्तम मान्न सकिदैन ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)

दाम्पत्य जीवनमा हर्ष छाउने छ । व्यापारबाट अर्थलाभ, यात्राको लागि पनि अवसर र परिवारको साथ सहयोग पाउनु हुनेछ । बाहिरबाट घरमा आउँदा खाली हात घर प्रवेश नगर्नुहोला । परिवारजनका लागि खाने केही सामान लिएर मात्र घर प्रवेश गर्नुभयो भने मकर राशि भएका व्यक्तिमा आजको दिन उमङ्ग छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)

मनमा उल्लास रहन सक्छ । आजको दिन आर्थिक नोक्सानी हुने संभावना प्रवल छ । तपाईमाथि नकारात्मक सोच राख्ने शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन तपाईले सोच अनुसारको काम हुनसक्छ । तर, आफूले गरेको काम गुप्त राख्नु फाइदाजनक हुनेछ । मौन रहनु उत्तम हुनेछ । कसैप्रति पनि बैरभाव नराख्नुहोला ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)

आजको दिन मीन राशि भएका जातकका लागि व्यक्तिको लागि नयाँ अवसरको कार्य थालनी शुभ मानिन्छ । रचनात्मक काम, कलाकारितातर्फ मन जान सक्छ । सन्तान र परिवारबाट साथ सहयोग हुनेछ । आजको दिन मित्रमण्डलीसँगको भेट रचनात्मक हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>