Breaking News

भरतपुरमा मेयरको उम्मेदवार बनेपछि विजय सुवेदीले दिए सांसद पदबाट राजीनामा

Banner

चितवन,बैशाख ८-

भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवार बनेपछि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । आज (बिहीबार) सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन् ।

चितवनको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए । उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । सुवेदीलाई नेकपा एमालेले सर्वसम्मत रुपमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार सिफारिस गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>