चितवन विशेष

घोषणापत्रका लागि भरतपुरको मेयरका उम्मेदवार विजय सुवेदीले मागे सुझाब

Banner

चितवन,बैशाख ७-

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका विजय सुवेदीले भरतपुरवासीसंग सुझाब मागेका छन् । उनले फेसबुक मार्फत सम्पूर्ण भरतपुरवासीलाई सुझाब दिन अनुरोध गरेका छन् ।

उनले लेखेका छन्,‘आज मितिः २०७९ साल बैशाख ७ गतेका दिन प्रेस चौतारी शाखाको आयोजनामा भएको भरतपुरको विकास र समृद्धिः नागरिकको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रममा घोषणापत्रका लागि अमूल्य सुझाब र सल्लाह दिनुभएकोमा यहाँहरु सबैमा हार्दिक आभार प्रकट गर्दछु । साथै थप सुझाब दिन चाहानुहुने सम्पूर्ण भरतपुरवासी दाजुभाई दिदीबहिनीहरुलाई मेरो व्यक्तिगत इमेल [email protected] मा पठाइदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु ।’

प्रेस चौतारी चितवन शाखाको आयोजनामा आज (बुधवार) भरतपुरमा जिल्लाका सरोकारवाला संग सुझाब संकलनका लागि अन्तरक्रिया कार्यक्रम भएको हो । सो कार्यक्रममा उद्योग विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>