Breaking News

स्थानीय निर्वाचनः भरतपुरसहित चार उपमहानगरपालिकामा माओवादी केन्द्रको दावी

Banner

चितवन, वैशाख ४–

स्थानीय तहको निर्वाचनको मिति नजिकदै नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगरपालिकासहित चार उपमहानगरपालिकाको नेतृत्वमा दावी गरेको छ ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आजको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन् ।

भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतको भनाइ छ । ११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका माओवादीले सुरुदेखि नै दावी गर्दै आइरहेको छ । हाल यस महानगरपालिकाको नेतृत्व पनि माओवादी केन्द्रबाट रेनु दाहालले गर्दै आएकी छन् । उनी यसपटक पनि मेयरमा दावी गरेकी हुन् । माओवादीबाट उनी निर्विकल्प मेयरको उम्मेद्वार हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>