चितवन विशेष
भरतपुर-काठमाण्डौं सम्पर्क मन्चको अध्यक्षमा विलास कोइराला

चितवन,बैशाख ४-
नेकपा एमाले निकट भरतपुर–काठमाण्डौं सम्पर्क मन्चको अध्यक्षमा विलास कोइराला निर्वाचित हुनुभएको छ । शनिवार काठमाडौंको बागबजार स्थित हार्दिक होटलमा सम्पन्न मन्चको पहिलो अधिवेशनले कोइरालाको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।
भरतपुर–५ कल्याणपुर घर भएका कोइराला स्पेनिस इन्जिनियरिङ कन्सल्टिङ फर्मका नेपाल प्रमुख हुनुहुन्छ । मन्चले भरतपुर र काठमाण्डौं समन्वय गर्दै विभिन्न गतिविधिहरु गर्ने अध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले स्थानीय चुनाव केन्द्रित रहेर काम गर्छौ । संगठन विस्तार र समस्यामा परेका व्यक्तिहरुको सहयोगलाई प्राथमिकतामा राखेका छौ ।’ उहाँले पार्टी मात्रै नभनी समस्यमा परेका जो कोही भरतपुरबासीलाई काठमाडौंमा सहयोग गर्ने बताउनुभयो ।
सो कार्यक्रम पार्टी स्थायी कमिटी सदस्य सिता पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदी लगायतको उपस्थिति रहेको थियो ।



























