Breaking News

भरतपुर महानगरपालिकामा तालमेल होइन मित्रवत प्रतिस्पर्धा गरौंः महामन्त्री शर्मा

Banner

चितवन,बैशाख ३-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाका कांग्रेस र माओवादी केन्द्रले तालमेल नगर्ने प्रस्ताव अघि सारेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा महामन्त्री शर्माले २०७४ मा माओवादीलाई मेयर छाडेकाले यो पटक कांग्रेसलाई सघाउनुपर्ने बताए । उनले भने, ‘हामी चाहन्छौं यो पटक माओवादीले कांग्रेसलाई छोडनु पर्छ ।’

तर माओवादी केन्द्रले कांग्रेसलाई मेयर नछाड्ने भए मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए । व्यक्तिगत रुपमा आफू देशभर एक्लै लड्नुपर्छ भन्ने पक्षमा भएपनि निजात्मक बुझाइ, भावनात्मक आवेग र धरातलीय यथार्थबीच जो फरक हुन्छ, त्यही गाम्भीर्यताले तालमेल गर्न सहमत भएको उनले बताए ।

उनले अघि भने, ‘हाम्रो निर्णय गठबन्धन होइन – तालमेल मात्र हो । त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरुप । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ– भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत प्रतिस्पर्धा गरौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>