चितवन विशेष

देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन्ः महेश बस्नेत

Banner

चितवन,चैत २९-

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् । ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए ।

बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले तयार पारेका लालपुर्जा प्रचण्डले बाँड्न थालेको बताए । बस्नेतले भने, ‘अस्ति भरतपुरतिर प्रचण्डले ३९ जना सुकुम्बासीलाई धनीपुर्जा बाँडेको सुनियो । देवी ज्ञवालीले तयार पारेको लालपुर्जा भरतपुरमा गएर रेनुका बाले बाँडेछन् ।’

बस्नेतले ओली सरकारले बनाएका आयोजना उद्घाटन गर्दै सत्ताधारीहरूले जस लिन खोजेको भन्दै गठबन्धनका नेताहरू आफन्त नियुक्तिमा व्यस्त रहेको आरोप लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>