मनोरञ्जन
म कुनै पार्टीमा प्रवेश गरेको छैनः दीपकराज गिरी
०

काठमाडौं, चैत १९-
कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । म कहिँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हूँ गिरीले लेखेका छन् ।
केही समय अघि उनले माओवादीको पक्षमा एक स्टाटस लेखेका थिए । पछिल्लो समय कलाकारहरुको पार्टी प्रवेशको चर्चा चलिरहेको प्रसंगसँग उनको नाम जोडिएर समाचारहरु आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























