Breaking News
नेपाली कांग्रेसले देशभक्त नेपालीको टाउको विदेशी बोलाएर कटाएको थियोः ओली

काठमाडौँ,चैत १८-
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसले देशभक्तहरूको टाउको कटाएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टी त्यस्तै नै हो, देशभक्तहरूको टाएको विदेशी बोलाएर कटाएको थियो ।’
त्यसअघि ओलीले भनेका थिए- ‘नेपालमा विद्यार्थीहरू सदैव अगाडि छन्, राजनीतिक दलहरूजत्तिकै । राजनीतिक नेताहरू कतिपय ७ सालपछि आन्दोलन अपुरोरअधुरो भयो भनेर युवाहरूले आवाज उठाए । ती राजनीतिक नेताहरू होउन्, युवा नै थिए अथवा विद्यार्थीहरू होउन् । उनीहरूले आवाज उठाउँदा उनीहरूमाथि चर्को दमन गरियो । कसैलाई भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर टाउ काट्ने काम भएका थियो । भन्दा राम्रो लाग्दैन तर, यो सब नेपाली कांग्रेसले गरेको थियो । भारतीय सेना नेपालमा बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । विदेशी बोलाएर नेपालीको टाउको नेपाली कांग्रेसले कटाएको थियो । भन्दा त त्यत्ति मज्जा लाग्दैन, तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’


























