Breaking News

भरतपुर मेयर कपः उपाधिका लागि आज मकवानपुर र नवलपुर भिड्ने

Banner

चितवन,चैत १७-

चितवनमा जारी ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि मकवानपुर र नवलपुर भिड्ने भएका छन् । बुधबार भएको खेलमा लगातार दोस्रो जित हात पार्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।

नारायणी एडभरटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा मकवानपुरले चितवनलाई ४४ रनले पराजित गरेको हो । २२२ रनको लक्ष्य पछ्याएको चितवन ३३.४ ओभरमा १७७ रन बनाउँदै अलआउट भएपछि मकवानपुर उपाधि नजिक पुगेको हो । चितवनका लागि विकल गुप्ताले सर्वाधिक ४८ रन बनाउनुभयो भने स्वप्निल अधिकारीले ३४ रन बनाउनुभयो ।

मकवानपुरका लागि रिजन ढकालले ३, रामनरेश गिरी, असिम श्रेष्ठ र विपुल खनालले समान २/२ विकेट लिनुभयो भने शुब कंशकारले एक विकेट लिनुभयो । खेलमा मकवानपुरका रामनरेश गिरी प्लेयर अफ दि म्याच चुनिनुभयो । उहाँलाई उद्योग वाणिज्य संघ चितवनका सदस्य एवं किराना व्यवसायी संघ चितवनका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले नगद र उपहार प्रदान गर्नुभएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४१.१ ओभरमा २२१ रन बनाउँदै अलआउट भयो । उसका लागि शुब कंशकारले ४१, विशाल फुँयालले ३६, आकाश घिमिरेले ३१ र रामनरेश गिरीले २५ रन बनाउनुभयो । चितवनका लागि गौतम केसीले तीन, प्रशान्त महत, कृजन गुरुङ र संघर्ष पौडेलले समान २÷२ विकेट लिनुभयो भने दिपेश श्रेष्ठले एक विकेट लिनुभयो ।

यसअघि पहिलो खेलमा मकवानपुरले नवलपुरलाई ११६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । चितवन भने मकवानपुर र नवलपुरसँग पराजित हुँदै बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल आज बिहीबार बिहान ९ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>