Breaking News

चितवनमा जारी राष्ट्रिय महिला लिगः आर्मी र विराटनगरको पहिलो जित

Banner

भरतपुर,चैत १३ ।

चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिग मा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेका छन् । आइतबार भएको खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेको हो ।

आइतबार भएको पहिलो खेलमा आर्मीले ललितपुरलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीको जितमा शर्मिला थापा मगर र रश्मी घिसिङले समान दुई–दुई गोल गर्नुभयो । विमला चौधरी र कुसुम खतिवडाले एक–एक गोल गर्नुभयो । आर्मीले एक गोल भने उपहार पाएको थियो ।

यो जितसँगै आर्मीले तालिकामा दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो । विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले दुई तथा अस्मिता चौधरीले एक गोल गर्नुभयो । वालिङकी सुस्मिता तामाङले एक गोल फर्काउनुभयो ।

यो जितपछि विराटनगरले दुई खेलबाट ३ अंक बनाएको छ । विराटनगर पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । समान खेल खेलेको वालिङ अंकविहीन छ । वालिङ पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>