Breaking News

माओवादीले हारे देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सकिन्छः प्रचण्ड

Banner

जनकपुरधाम,चैत ८-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले हारे देश हार्ने र सहिदको सपनामाथि कुठाराघात भई संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुने दाबी गरेका छन्। जनकपुरधाममा मंगलबार चुनाव लक्षित मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र अन्तरराष्ट्रिय शक्तिहरू माओवादीलाई सिध्याउने हिसाबले षड्यन्त्र गरिरहेको समेत बताए।

अध्यक्ष प्रचण्डले बोल्दै आगामी निर्वाचन अन्य दलका लागि निर्वाचन हुन सक्छ तर हाम्रा लागि लडाइँ हो। त्यसैले लडाइँकै हिसाबले तयारी गर्नुस्। गठबन्धन गरेर चुनाव जितौँला भन्ने मानसिकता बदल्नुस्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ठूलो लडाइँको रूपमा लिन नेता-कार्यकर्तासँग आग्रह गर्दै अध्यक्ष प्रचण्डले सोहीअनुसार योद्धा जस्तै चुनावको तयारीमा जुट्न निर्देशन दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीकै कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र बनेको र समानुपातिक, समावेशिता लागू भएको चर्चा गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>