खेलकुद

सप्तगण्डकी क्याम्पसमा भएको खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरु पुरस्कृत

Banner

चितवन, फागुन ३०-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत गरेको छ ।

क्याम्पसले आज एक कार्यक्रमको आयोजना गरी क्याम्पसमा सञ्चालित ६ खेलका विजयी खेलाडी र समूहलाई प्रमाणपत्र, पदक र नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले खेलाडीहरुलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार दिइ पुरस्कृत गरे । क्याम्पसमा भएको छात्रा भलिबल प्रतियोगितामा बीबीएस पहिलो वर्षको नम्रता मिश्रको समूह पहिलो, बीएड तेस्रो वर्षको अनिता केसीको समूह दोस्रो र कक्षा १२ मा शिक्षा नेपालीको समूह तेस्रो भएको छ । छात्र भलिबल प्रतियोगितामा बीबीएस पहिलो वर्षको दिवस भुसालको समूह पहिलो, कक्षा ११ व्यवस्थापनमा मनिस पुनको समूह दोस्रो र बीबीएस दोस्रो वर्ष ईश्वर भण्डारीको समूह तेस्रो भएको थियो । पहिलो, दोस्रो र तेस्रो हुने प्रत्येक समूहले १० हजार, सात हजार र तीन हजार नगद पुरस्कार र पदक प्राप्त गरेका छन् ।

त्यस्तै क्याम्पसले गरेको छात्रा बास्केटबल प्रतियोगितामा बीएस्सी चौथो वर्षको सबिता सुवेदीको समूह पहिलो र बीएड तेस्रो वर्षको अनिता केसीको समूह दोस्रो भएका छन् भने छात्र बास्केटबल प्रतियोगितामा बीबीएस पहिलो वर्षको दिपेश गुरुङको समूह पहिलो, कक्षा ११ व्यवस्थापनको रोशन थापामगरको समूह दोस्रो र बीबीएस दोस्रो वर्ष सुमन सुवेदीको समूह तेस्रो भएका छन् । दुवै समूहका पहिलो हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले सात हजार रुपैयाँ र तेस्रो हुने समूह प्रत्येकले पदकसहित तीन हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप प्रमुख भूपेन्द्र खड्काले संयोजन गरेको खेलकुद प्रतियोगितामा छात्रा सटफुटतर्फ बीएड पहिलो वर्षको अस्मिता श्रेष्ठ पहिलो, बीए दोस्रो वर्षको योगिता छिनाल दोस्रो र बीबीए दोस्रो सेमेस्टरकी रुश्मा चौधरी तेस्रो भएकी छन् । त्यस्तै, छात्र सटफुटमा कक्षा १२ का सुजन तामाङ पहिलो, कक्षा ११ व्यवस्थापनको सुजन थापा दोस्रो, कक्षा १२ व्यवस्थापनकै पवन रानामगर तेस्रो र पवन अमगाई तेस्रो भएका छन् । विजेता सबै खेलाडीले क्रमश ः एक हजार ५००, एक हजार र ५०० रुपैयाँ पुरस्कार तथा पदक पाएका छन् । कार्यक्रममा खेलकुद प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई पनि क्याम्पसले सम्मान गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा क्याम्पसका विद्यार्थी , प्राध्यापक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>