चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला
०

चितवन,फागुन १५-
चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो । यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच/छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























