सूचना-प्रविधि

भायानेट मिनी प्याक अब भाया टिभीको साथ !

Banner

काठमाडौँ, फागुन १२–

भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले रू ८०० मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन् ।

सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभलिन सक्नेछन् । भायाटिभीद्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्नेछन् ।

यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो । ग्राहकले अझै पनि रु ८०० प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।

यसबाहेक भायाटिभीको सेट–उपबक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पजगरि पछि हेर्ने फाइदा लिन सक्नेछन् । मिनीप्याकका सब्स्क्राइबरहरूले भायाटिभीको सेवा आफ्ना मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन् । प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पल एप स्टोर मार्फत भायाटिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरूबाट भायाटिभीको सुविधाहरू लिन सक्नेछ्न् ।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याकको मुख्य विशेषता भनेको १७५ एमबीपीएस इन्टरनेट योजना हो । जसको सब्स्क्रिप्शनमा २ वटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>