Breaking News

नो एमसीसी भन्दै चितवनमा विद्यार्थीहरुद्वारा सीडीओ कार्यालय घेराउ (फोटो/भिडियो)

  • Logo
    app haru
  • १२ फाल्गुन २०७८, बिहिबार
Banner

चितवन, फागुन १२ –
नो एमसीसी भन्दै चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चौबिसकोठीबाट सुरु भएको विरोध प्रदर्शनको ¥याली अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो । विद्यालय पोसाकमै आएका विद्यार्थीहरुले सिडिओ कार्यालय अगाडि घेराउ गर्दै चर्काे नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक अमेरिका लगायतका नारा लगाएका थिए ।

एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनका सचिव अजिव पौडेलले एमसीसीको विरोध गर्न फागुन १५ गते चितवनबाट ५ हजारको संख्यामा काठमाडौं जाने बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>