Breaking News

एमसीसीका कारण कांग्रेस चितवनको जिल्ला अधिवेशन फेरि सर्‍यो

Banner

चितवन,फागुन ११-

नेपाली कांग्रेसको १४औँ महाधिवशनअन्तर्गत निर्वाचन गर्न बाँकी रहेका चितवनसहितका १० जिल्लाको अधिवेशन फेरि सरेको छ । अधिवेशन हुन बाँकी सबै जिल्लामा फागनु १५ गते अधिवशेनको मितिको तोकिएको थियो । तर, कांग्रेस संसदीय दलले एमसीसीलाई लिएर सबै सांसदलाई संसद् बैठकमा उपस्थित हुन ह्विप जारी गरेपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जिल्लाको अधिवेशन सारिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको अति संवेदनशील विषय तथा प्रतिनिधिसभाका सदस्यहरूलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलद्वारा जारी गरिएको ह्विपका कारण जिल्ला अधिवेशनका प्रतिनिधि संघीय संसदका सदस्यहरू जिल्ला अधिवेशनमा भाग लिन आ-आफ्नो जिल्लामा तत्काल जान असमर्थ रहेकालेु अधिवेशनको मिति परिवर्तन गर्नुपरेको जनाएको छ।

निर्वाचन समितिकाअनुसार अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूमध्ये सप्तरी, सिरहा, धनुषा, बलाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन सरेको छ । ती जिल्लामा पार्टीको जिल्ला कार्यसमितिको सहमतिमा फागुन २० गतेभित्र सम्पन्न गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>