चितवन विशेष

भरतपुरमा ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

Banner

चितवन,फागुन ७-

भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो कि दुरुत्साहन हो कि, बलात्कार हो भन्ने बारे बुझ्दै छौं, अहिले नै यही हो भन्न मिलेन ।” उहाँले नियन्त्रणमा लिएको व्यक्तिको विषयमा विस्तुत विवरण समेत आफूलाई जानकारी नभएको बताउनुभयो । पीडित बालिकाको परिवारले उक्त पुरुषले पटक पटक यौन दुव्र्यवहार गर्ने गरेको बताएका छन् ।

सांकेतिक तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>