Breaking News
मन्त्रिपरिषद् बैठकः चितवनको राप्तीमा ४२ दिन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

चितवन,फागुन ६-
सरकारले चितवनको राप्ती नगरपालिका ६ स्थित एक कृषी फर्म वरपर बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राप्ती ६ को अनिता पशुपन्छी कृषी फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरिपरिको १०० मिटर सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनको अवधि सम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको हो । यस्तै बैठकले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान वरिपरिको क्षेत्रलाई पनि बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।
यस्तै मन्त्रीपरिषद बैठकले कोभिड प्रतिकार्यको लागि विश्व बैंकको २ अर्ब १४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय बिमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
क्याविनेट निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नवीकरणीय उर्जा अनुदान नीति २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को अनुसूची १ हेरफेर गरेको बताए । नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
























