Breaking News
भरतपुरको एक रेष्टुरेन्टबाट नगदसहित पाँच जना जुवाडे पक्राउ
०

चितवन,फागुन ६-
चितवनको भरतपुरबाट नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका १० स्थित साकुरा रेष्टुरेन्टबाट उनिहरु पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले स्याङजा घर भई भरतपुर १० बस्ने ३६ बर्षिय प्रकाश रानाभाट,रौतहट घर भई भरतपुर ७ बस्ने ३० बर्षिय सुवास महतो,भरतपुर ४ बस्ने ५६ बर्षिय टुङराज लामिछाने, भरतपुर १० बस्ने ४८ बर्षिय सरोज खनाल र भरतपुर १२ बस्ने ४२ बर्षिय राजकुमार श्रेष्ठलाई जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । उनिहरुको साथबाट नगद १ लाख २ हजार ३ सय ७९ रुपैंंया बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























