मनोरञ्जन

एक महिनादेखि बन्द रहेका सिनेमा हल भोलिदेखि खुल्ने

Banner

पोखरा , फागुन ६-

कोरोना माहामारीका कारण एक महिनादेखि बन्द रहेका सिनेमा हलहरु शनिबारबाट खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यलय, कास्कीले आज एक सुचना जारी गर्दै भालिबाट पोखराका सिनेमा हल खोल्न अनुमति दिएको हो ।

पोखरा चलचित्रका लागि दोस्रो ठूलो बजार मानिन्छ । त्यसैले भालेबाट सिनेमा हल खुलेपछि फागुन १३ गते रिलिज हुने नयाँ चलचित्रहरुलाई राहत मिलेको छ ।

प्रशासनले पोखराका विभिन्न हलसँगै हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल लगायतलाई खोल्ने अनुमति दिइएको छ भने डान्स बार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेन्ट लगायत रात्रिकालीन व्यवसाय राती १२ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>