बलिउड/हलिउड
सलमान खान बैशाख ३ गते नेपाल आउने
०

काठमाडौं,फागुन ५-
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनी अगामी बैशाख ३ गते रंगशालामा आयोजना हुने एक सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका हुन् । लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपाल ल्याएर कार्यक्रम गर्न लागेको हो ।
खानलाई नेपाल ल्याउने सम्पूर्ण तयारी पुरा भएको ओडीसी इन्टरटेनमेन्टका सीमान्त गुरुङले जानकारी दिए । उनले भने, ‘सलमान ल्याउने बिषयमा हामीले सम्पूर्ण तयारी गरिसकेका छौ । यस बिषयमा अन्य जानकारी केही समयपछि दिनेछौ ।’ नेपालको सुस्ताएको पर्यटन ब्यवसाय चलायमान गराउन बलिउड कलाकार नेपाल ल्याउन लागेको गुरुङको भनाई रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























