Breaking News

कुनै देशसँगका सम्झौताको आधारमा गठबन्धन बनेको होइनः प्रचण्ड

Banner

काठमाडौं,फागुन १-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने खेल भइरेको बताएका छन्। उनले सत्ता गठबन्धन कुनै सम्झौताको आधारमा नबनेको दाबी गरेका छन्। माओवादीले पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा योजना गरेको ‘जनयुद्ध दिवस’ कार्यक्रममा प्रचण्डले भने, ‘हामीले कुनै देश विशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन।’

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमा रहेका दलहरूबीच मतभेद भएका बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो। गठबन्धन टुट्न नहुनेमा भने उनको जोड थियो। ‘आज कसैले कुनै परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ। हामीले यो गठबन्धन जुन मूल्य र मान्यतामा टेकेर बनाएका हौं त्यसैमा दृढ रहौं,’ प्रचण्डले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>