Breaking News
यथास्थितिमा एमसीसीलाई समर्थन गरिदैँन, गठबन्धन के हुन्छ हेरौँलाः माधव नेपाल
०

वीरगन्ज,माघ २८-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई अहिले कै अवस्थामा समर्थन नगरिने बताएका छन्। वीरगन्जमा शुक्रबार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘ यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिदैन, यो हाम्रो प्रष्ट धारणा हो।’
एमसीसीबारे सहमति नजुटे सत्तागठबन्धन नै टुट्ने आशंका चलिररहेका बेला सत्तागठबन्धनकै मुख्य घटक नेकपा एसका अध्यक्ष नेपालले भने, ‘एमसीसी बारेमा कुरा मिलेन भने गठबन्धन टुट्छ भन्ने आशंका पनि गरिएको छ, गठबन्धन टुटीसकेपछि चुनावमासँगै नजाने पो हो कि ? भन्ने प्रश्न पनि उठेको छ, तर यी सबै चुनौतीको सामना गर्न हामी तयार छौँ।’
गठबन्धनका दलहरु एक्लै चुनावमा जाँदा आफ्नो हैसियत के हुने भन्ने विषयमा जानकार रहेको पनि उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























