Breaking News

चितवनमा पनि देखियो बर्डफ्लू, कुखुरा नष्ट गर्ने तयारी

Banner

चितवन,माघ २८–

चितवनको राप्तीमा बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित एक किसानको लेयर्स कुखुराको फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार एउटा फर्ममा बर्डफ्लू देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरु भएको बताउनु भयो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले जानकारी दिनुभयो । सो फर्मका करिब २ हजार कुखुरा नष्ट गरिदैछ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले पनि चितवनमा बर्डफ्लू देखिएको पुष्टि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>