भिडियो

हेमन्त र एलिनाको ‘भन मेरो मालिक’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौँ, माघ २७–

सदाबहार चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘भन मेरो मालिक’ सार्वजनिक भएको छ ।

बिहीबार दिउँसो गायक शर्माकै युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा गायक शर्मालाई युवा पुस्ताकी चर्चित गायिका एलिना चौहानले साथ दिएकी छन् ।

गायक शर्माकै शब्द र संगीत रहेको रहेको यस गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा नरेश बीर सिंह र सबिना उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी र निर्देशन दीपक सिंहले गरेका छन् ।

यस्तै भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>