देश/प्रदेश

दुर्गेशको नयाँ गीत पैसाुमा छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन समाजवादी महिलाको माग

Banner

काठमाडौं, माघ १७ –

गायक दुर्गेश थापा नयाँ गीत पैसाु पनि विवादमा तानिएको छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएको भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । अर्धनग्न महिलाको शरीरलाई पैसासँग जोडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाको वस्तुकरण गरिएको छ, संगठनका संयोजक धनकुमार सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  कलाकारले प्रयोग गर्ने शव्द, भेषभुषा र प्रस्तूतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ ।

पैसाुम्युजिक भिडियो प्रशारण तत्काल बन्द गर्न पनि माग गरिएको छ ।
न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>