Breaking News

वन कार्यालय चितवनको झाडीमा दर्जनौं गाडीहरु अलपत्र, कतिपय गाडी बेवारिसे

  • Logo
    app haru
  • १६ माघ २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ १६ –
डिभिजन वन कार्यालय चितवनको भवन पछाडिको जग्गामा थुप्रै गाडीहरु अलत्र परेर बसिरहेका छन् ।

अवैधरुपमा काठ ढुवानी गरिएका सवारी साधनहरु नियन्त्रणमा लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक वन समिति, वन रक्षकहरुले वन कार्यालयमा लगेर बुझाउने गर्छन् ।

तर ती गाडीहरु वन कार्यालय परिसरको झाडीमा अलपत्र परेर बसिरहेका छन् । वन कार्यालय परिसरमा बोलेरो, मिनि ट्रक, ट्याक्टर, अटो रिक्सा, मोटरसाइकलहरु रहेका छन् । ती गाडीहरु थोत्रिँदै गएका छन् । जसले गर्दा राज्यलाई करोडौं रुपैयाँ नोक्सान भएको छ ।

वन कार्यालयका मुद्दा शाखा प्रमुख यज्ञकुमार सापकोटाले मुद्दाहरु अदालतमा फछ्र्यौटका क्रममा रहेकाले गाडीहरु थन्काएर राख्नुपर्ने बताए । उनले कार्यालय परिसरमा रहेका धेरै पूराना सवारी साधनहरु कहिले ल्याइए भन्ने तथ्यांक नै नभएको बताए । हाल ३० वटा जति मुद्दा अदालतमा लगिएको र ती गाडीहरु कार्यालय परिसरमै भएको बताए । उनले साढे दुई वर्षदेखि मुद्दा अझै प्रक्रियामा भएको बताए ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर आचार्यले अदालतमा मुद्दा आएपछि अदालतले सवारी साधन चाहिएको बेला झिकाउने गरी सम्बन्धित व्यक्तिलाई नै बुझाउन निर्देशन दिने गरेको बताए । त्यस्तै उनले कतिपय मुद्दामा सवारी साधन लिलामी गर्न निर्देशन दिने गरिएको बताए ।

वन कार्यालयका मुद्दा शाखा प्रमुख सापकोटाले चितवनमा यातायात व्यवस्था कार्यालय नभएकाले लिलामी प्रक्रिया निकै झन्झटिलो र लामो हुने हुँदा पनि केही समय लाग्ने गरेको बताए ।

उनले अनुसन्धान प्रक्रिया पनि लामो हुने गरेको बताए । ‘गाडी नियन्त्रणमा लिएपछि ४÷५ जनासम्म एकपछि अर्काेसँग बिक्री हुँदै आएको खुल्छ । त्यो अनुसन्धान गर्दा गर्दै समय लाग्छ’ उनले भने ।

समय लागुनजेल सवारी साधनलाई जतनका साथ राख्नमा वन कार्यालयले ध्यान दिएको देखिँदैन । झाडीमा सवारीहरु थोत्रिँदै गएका छन् । ती सवारी साधनहरु कवाडीको भाउमा पनि बिक्न नसक्ने अवस्थामा पुग्ने गरी राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>