चितवन विशेष

मिस्टर एण्ड मिस टिकटकका विजेताहरुको ‘एक अञ्जुली माया’

Banner

चितवन, माघ १६-

चर्चित गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । अन्जुको स्वरमा सजिएको ुएक अञ्जुली मायाु बोलको गीत केही दिन अघि युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा अशोक कुमार तामाङको शब्द र सूर्य दयालुको संगीत छ । गीतमा संगीत संयोजन रिकेश गुरुङको छ ।

गीतको भिडियोमा मिस्टर एण्ड मिस टिकटक नेपालका बिजेताहरु सम्मान मल्ल श्रेष्ठ र पुनम तिरुवा फिचर्ड छन् । सम्मान र पुनम द जिएमआई एकेडेमी र सही हो इभेन्टद्धारा आयोजित मिस्टर एण्ड मिस टिकटक नेपालका सेकेण्ड रनर अप हुन् ।

जीवन शाही निर्देशित भिडियो दिपेन बस्न्यातले खिचेका हुन् । दिपेनले नै भिडियो सम्पादन गरेका हुन् । मिस्टर एण्ड मिस टिकटकका विजेताहरुलाई आयोजकले म्युजिक भिडियो खेल्ने पौका प्रदान गर्ने प्रतिवद्धता जनाएको हो ।

सेकेण्ड रनर अपद्धयलाई पुरस्कार स्वरुप नै म्युजिक भिडियोमा अवसर प्रदान गरिएको जिएमआईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । निर्देशक शाहीले सम्मान र पुनमले राम्रो काम गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>