Breaking News
वैशाखमै चुनाव भए पनि सामना गर्न तयार छौं : माधवकुमार नेपाल
०

काठमाडौँ, माघ १५-
स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन बैशाख जेठमा भएपनि सामना गर्न तयार रहेको बताए ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘ चुनावबाट हामी आत्तिएका छैनौं, स्थानीय तहको पहिले हुन्छ र केन्द्रीय चुनाव पहिले भएपनि सामना गर्न तयार छौं ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























