भिडियो

दुर्गेशको नयाँ गीतमा छाडा शब्द,प्रतिबन्ध लगाउन माग

Banner

काठमाडौं,माघ १४-

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।

रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् । गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।

यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् । धेरैले सामाजिक संजाल मार्फत यो गीतलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>