मनोरञ्जन

म दृढ छु भने जे पनि गर्न सक्छु, प्रिय अभिनेत्री शहनाज गिल

Banner

एजेन्सीको सहयोगमा
चितवन, माघ १४–
अभिनेत्री शहनाज गिललाई इन्डस्ट्रीकी सबैभन्दा प्रिय अभिनेत्रीको रुपमा परिचित छिन् । उनको चुलबुले स्वभावले गर्दा दर्शकहरु पागल छन् । नायिका यतिबेला निकै चर्चामा छिन् । विग बोस १३ बाट उनी लाइमलाइटमा आएकी हुन् । त्यसपछि शहनाजले दर्शकको मन जितेको देखिएको छ । पछिल्ला केही वर्षमा अभिनेत्रीले धेरै तौल समेत घटाएकी छिन् ।

उनको रुपान्तरण देखेर उनका फ्यानहरु पनि अचम्मीत परेका थिए । हालै अभिनेत्रीले आफ्नो तौल घटाउने यात्राको बारेमा खुलासा गरेकी छिन् । जेनिस सिक्वेराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जसमा शहनाजले आफ्नो तौल घटाउने यात्रा बारे बताएकी छिन् । शहनाजसँग यशराज मुख्टे पनि देखिएका छन् । शहनाज भन्छिन, ‘मानिसहरुले सोचेका थिए कि म कहिल्यै तौल घटाउन सक्दिन, तर वजन कम गर्ने चाहाना सधै म मा थियो । तौलकै कारणले मैले काम नाएको दिनहरु पनि छन् ।’

शहनाज भन्छिन्, पंजाबमा मेरो तौलको समस्या कहिल्यै थिएन । म मेरो शरीरसँग खुशी थिए । जब म बाहिर आए मैले देखे कि मानिसहरुले मलाई कति माया गर्छन् र राम्रो काम गर्न थाले, मैले महसुस गरे कि तौल घटाउनु ठूलो कुरा होइन । म एकदमै मूडी मान्छे हुँ । यदि मैले केहि गर्ने निर्णय गरेको छु भने, म त्यसलाई गरेरै छोड्छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>