मनोरञ्जन

अभिनेत्री आलिया भट्टको गंगुबाई काठियावाडी फेब्रुअरीमा रिलिज हुने घोषणा, बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर हुने

०
Banner

एजेन्सीको सहयोगमा
चितवन, माघ १४–

लामो प्रतिक्षापछि आलिया भट्ट स्टारर फिल्म गंगुबाई काठियावाडीको रिलिज मिति सार्वजनिक भएको छ । फिल्म २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ । जसको घोषणा शुक्रबार सञ्जय लीला भन्सालीले गरेका हुन् ।भन्सालीको आधिकारिक ट्विटर अकाउन्टबाट फिल्मको नयाँ रिलिज मिति घोषणा गरिएको हो ।

ट्विटमा लेखिएको छ, फेब्रुअरी २५ गते आफ्नो नजिकको सिनेमा घरमा गएर यसको कथा हेर्नुहोस् । फिल्मको निर्देशन भन्सालीले गरेका हुन् । साथै उनी र जयन्तीलाल गढाले निर्माण गरेका हुन् ।यो फिल्म पहिला जनवरी १८ र पछि फागुन १८ गते रिलिज हुने तय भएको थियो ।तर कोरोनाको तेस्रो लहर आएपछि यसको रिलिज रोकिएको हो ।

फिल्ममा आलिया भट्ट माफिया क्वीन गंगुबाई काठियावाडीको भूमिकामा देखिनेछिन् । यो फिल्म हुसैन जैदीको पुस्तकमा आधारित छ । पैसाको लोभमा गंगुबाई बेचिन्, जहाँबाट उनले आफ्नो पहिचान बनाएकी थिइन् ।

फिल्ममा आलिया भट्ट सहित अजय देवगन, शान्तनु महेश्वरी, विजय राज, सीमा पाहवाको पनि महत्वपूर्ण भूमिका छ । फिल्ममा अजय देवगन, हुमा कुरैशी र इमरान हाश्मीको क्यामियो रोल रहेको छ ।

गंगुबाई काठियावाडीको विश्व प्रिमियर फेब्रुअरी ७५औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा हुने छ । जुन फेब्रुअरी १० देखि २० मा आयोजित गरिएको छ । हिन्दी बाहेक यो तेलुगुमा पनि रिलिज हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>