गसिप

पल-समिक्षा सम्बन्धः समिक्षाले वास्तविकता सार्वजनिक गर्ने

Banner

काठमाडौं,माघ ७

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गर्ने बताएकी छिन् । उनले सामाजिक संजालमा फेशबुकमा लेख्दै पल शाहसंग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी छिन् ।

त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।

समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय समिक्षा र पल सुर्ति माडेर‘बोलको गीतको सुटिङपछि नजिकिएका थिए । उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र हत्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको अक्रामक स्टाटसले उनीहरुको सम्बन्ध खटपट भएको बुझिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>