Breaking News

चितवन अदालतले दोषी ठहराएका ५ हजार १३१ जना अझै फरार, यो वर्ष २५८ जना पक्राउ

  • Logo
    app haru
  • २७ पुस २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुस २७- 

चितवनमा प्रहरीले चालु आर्थिक वर्षको हालसम्म २५८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार यस आर्थिक वर्ष ०७८÷/७९ को हालसम्म २५८ जना फरार अभियुक्त पक्राउ परेका हुन् ।

अदालत र प्रशासन कार्यालयबाट विभिन्न समयमा दोषी ठहर भएका तर पक्राउ गर्न नसकिएकाहरु मध्येबाट २५८ जनालाई पक्राउ गरिएको हो । ‘कुनै घटनामा संलग्नहरु सबैलाई तत्काल पक्राउ गर्न सकिँदैन । तर उनीहरुलाई अदालत तथा प्रशासनले दोषी ठहर गरी कैद तथा जरिवाना तोकिदिन्छ’, उनले भने ‘उनीहरुलाई खोजतलास गरेर पक्राउ गरी हामीले अदालत र प्रशासनमा बुझाउँछौं ।’ यस्तै कोही धरौटीमा छुुटेकाहरुको मुद्दा फैसला भएपछि फरार हुने गरेको बताए । अपवादमा केहिलेकाहीँ कारागारबाट नै भाग्ने गर्छन् ।

चितवनमा प्रहरीले गत अर्थिक वर्ष ०७७/७८ मा कुल ५१७, ०७६/७७ मा १६७ जना, ०७५/७६ मा ७२ जना अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ गरेर प्रहरीले कैद भुक्तान र जरिवाना असुलीका लागि जिल्ला अदालत र जिल्ला प्रशासनमा पठाउने गर्दछ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार इशोर आचार्यका अनुसार चितवनमा कुल पाँच हजार १३१ जना विभिन्न मुद्दाका अभियुक्तले कैद भुक्तान र जरिवाना तिर्न बाँकी छ । जसमध्ये ५७ जना विदेशी नागरिक रहेका छन् । जसमा कैद र जरिवाना दुबै लागेका २ हजार ५११, जरिवानामात्र लागेका २ हजार १८८, कैदमात्र लागेका ४३२ रहेका छन् । केही अभियुक्तलाई जिल्ला अदालतको टिम र केन्द्रीय अनुसन्धान ब्युरोले पनि पक्राउ गर्ने उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जिल्ला प्रशासनमा पर्ने मुद्दाको सजाय खासै ठूलो नहुने हुँदा धेरै फरार नहुने बताए । जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार, सवारी दुर्घटनासम्बन्धी मुद्दा र कालोबजारीसम्बन्धी कसुरको मुद्दा हेर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>