चितवन विशेष

भरतपुर महानगरमा काम कम,चर्चा धेरै

Banner

– शान्ता अधिकारी

चितवन । चार वर्षअघि भरतपुर महानगरपालिकामा जनप्रतिनिधिको लागि चुनाव हुदै गर्दा जनताको घरदैलोमा दुई दुईपटकसम्म गएकी रेनु दाहालले जनतासँग गरेको प्रतिवद्धता अझै पूरा गरेकी छैनन् । विभिन्न महत्वकाक्षी योजना अगाडी सारेकी उनले महानगरको मेयर भएको साढे चार वर्ष भएको छ । यस बिचमा उनले जनतासंग गरेका बाचाभन्दा अन्य काममा ध्यान दिएको देखिन्छ । प्रतिवद्धता अनुसार भएगरेका अलिअलि काम पनि सन्तोषजनक छैनन् ।

मतपत्र च्यातेर मेयर

भरतपुर महानगर प्रमुख दाहाल अझै पनि चर्चामा हुनुको एउटै कारण हो, मतपत्र च्यातेरै मेयर बन्नु । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएका कारण पनि रेनु सधै चर्चामा नै रहीन् । २०७४ .सालमा भएको स्थानीय तहको चुनावमा कांग्रेसले आफ्नो उम्मेदवारी फिर्ता लिएर रेनु दाहाललाई काँग्रेस माओवादीको गठवन्धनबाट मेयरमा उठाएको थियो । विभिन्न चुनावी नारासहित दुई पटकसम्म जनताको घरदैलोमा गएकी उनले तत्कालीन एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन् । २०७४ साल साउन २१ गते भएको दोस्रो चरणको चुनावमा काँग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेनु दाहाल विजयी भएकी हुन् । २०७४ साल वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान भएको थियो ।

सो समयमा उनले काँग्रेसले नगर बिकासका लागि अगाडी सारेको घोषणा पत्र अनुसार काम गर्ने बताएकी थिईन् । चुनावी अभियानमा आफ्नो ठोस योजना अगाडि सार्ने भन्दा पनि काँग्रेसले ‘जे भन्यो त्यही’ पूरा गर्ने एजेण्डा नै उनलाई काफी भयो । किनभने भरतपुरका लागि उनी नौलो अनुहार थिइन् । गृहनगर भरतपुर भएपनि उनले यहाँ भूगोलको राजनीति गर्न पाएकी थिईनन् । यसैले पनि भरतपुरको भौगोलिक र राजनीतिक अवस्थाबारे उनी जानकार रहने कुरै भएन ।

यस्ता थिए चुनावी प्रतिवद्धता

निर्वाचनका बेला चुनावी घोषणापत्र तयार गरेर वितरण गरेको उनलाई जानकारी छैन । न त गठबन्धनले नै घोषणापत्र तयार ग¥यो । यद्दपि चुनावी अभियानको क्रममा जनतासँग व्यत्त गरेका धारणा, त्यतिबेला सञ्चारमाध्यम आएका उनका प्रतिवद्धता र विजयी भएपछि व्यक्त मन्तव्यलाई आधार मान्दा उनका कामको प्रतिफल न्यून छ ।

 उनले सुन्दर नगरी भरतपुरको विकास र सम्वृद्धिमा केन्द्रीय स्रोत र साधनसँग जोडेर एउटा नमूना शहर बनाउने प्रण गरेकी थिईन् । सो समयमा उनले यस प्रकारका योजनाहरु अगाडी सारेर जनताको घर दैलोमा गएकी थिईन् । चुनावी अभियानका क्रममा विभिन्न पत्रपत्रिका र सञ्चार मध्यममा उनका योजना र प्रतिवद्धताहरु प्राथमिकताका साथ छापिएका थिए ।

भरतपुरलाइ सम्मृद्ध र आधुनिक शहर बनाउने उनको योजना थियो । भरतपुरलाई नमुना विकास सहितको वैकल्पिक राजधानी बनाउने उद्धघोष गरेकी उनले अहिलेसमम यसमा काम गरेको देखिदैन ।

भरतपुरलाई व्यवस्थित शहरीकरण गराँउदै महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रिकालिन सेवा गराउने प्रतिवद्धता गरेकी उनले बोलेका कुरा पुरा हुने सम्भावना अहिले छैन । भरतपुर महानगरमा मेट्रो रेल कुदाउन सकिन्छ कि सकिदैन यसको अध्ययन अनुसन्धानसमेत भएको छैन । विमान स्थलमा रात्रिकालिन सेवा गराउने विषयमा पनि पहल भएको देखिदैन । भरतपुर विमान स्थल विस्तार गराउने विषय भने छलफलमा नै सिमित देखिन्छ ।

भरतपुर अस्पताललाइ शिक्षण अस्पताल बनाउँदै महानगरभित्र आफ्नै नगर अस्पताल बनाइने भनिए पनि महानगरको आफ्नै अस्पताल बनाउने योजना महागरले गरेको दश वटा नगरसभामध्ये कुनै पनि नगर सभामा यस्ले स्थान पाएको देखिदैन ।

भरतपुरमा विकास हुँदै गरेको मेडिकल सिटीलाइ व्यवस्थापन गर्दै यसको विकास गरिने भनिए पनि स्वाथ्य क्षेत्रमा महानगरको उल्लेखनीय काम देखिदैन । भरतपुर अस्पतालमा महिलाको हकमा तीस रुपियाँ निशुल्क ओपीडी टिकटको व्यवस्था मात्रै छ । अस्पताल आएका अधिकाँशले नेपाल सरकारले ल्याएको स्वास्थ्य बीमा र ज्येष्ठ नागरिक परिचयपत्रबाटै अस्पतालले ओपिडी सेवा लिइराखेकाले महानगरले प्रस्तुत गरेको योजना समेत प्रभावकारी छैन ।

पर्यटन विकासलाई टेवा पु¥याउन चितवन देखिने भ्यू टावर, आधुनिक मनोरञ्जन पार्क, हरेक वडामा बालबगैचा र उद्यान निर्माणमा जोड दिइने छ भनेर योजना अगाडी सारेकी थिईन । ती योजना मध्य बोट विरुवा वितरण एक चरणमा भए पनि ति विरुवा हुर्के वा हुर्केनन् । तिनीहरुको अवस्था बुझने काम भएको छैन ।

वातवरणका हिसाबले महानगरभित्र एकघर दुई रुख रोपिने पनि उनको योजनामा परेको थियो । पर्यावरणीय मापदण्डका आधारमा उद्योगहरु सञ्चालन गरिने छन् भन्ने उद्घोष गरीए पनि सो वातावरण मैत्री उद्योगहरु सञ्चालनका लागि माहानगर प्रमुखमा रेनु दाहाल आएपछि महानगरबाट कुनै मापदण्ड बनेको देखिदैन । सूचना प्रविधिलाई निशुल्क इन्टरनेट र फ्रि वाइफाइ क्षेत्र बनाइने छ भनिए पनि महानगरको कार्यालयमा नै निशुल्क वाईफाईको व्यवस्था छैन ।

सामाजिक सुरक्षाका हिसावले केन्द्रीय सरकारले दिने भत्तामा महानगरबाट १ हजार रुपैयाँ थप्ने बताएकी उनको कार्यकालमा यस्ले कुनै महत्व पाएको देखिदैन ।

जनताका बसोबास भएका र सार्वजनिक सडकहरु कालोपत्रे गरिने भन्ने उनको योजनासमेत प्रभावकारी छैन । महानगरपालिकामा भित्री र बाहिरी चक्रपथ निर्माण गरिने भनिएपनि यसको तयारी कतै देखिदैन । सडक भौतिक पूर्वाधार महानगरको सापेक्षता अनुसार विकास गर्दै लगिनेछ भनिएको थियो । यद्दपि सडक कालोपत्रे गर्ने प्रतिवद्धता भने केही पुरा भएको छ । उनको कार्यकालमा ६ सय १० किलोमिटर सडक कालोपत्रे र ४ सय ५० किलोमिटर सडक ग्राभेल भएको देखिन्छ ।

नारायणी र राप्तीको तटवन्धन गरी उकास भएको जमीनको प्रयोगमा ल्याइने छ भनीए पनि यस्ले प्राथमिकता पाउन सकेको छैन ।
नारायणी नदीमा जलयात्राको विकास गरिने छ भनेर उनले जनताको घर दैलोमा जादा बाचा गरेकी थिईन् । नारायणीमा केही बोटहरु निजी कम्पनीहरुले सञ्चालन गरे पनि सुरक्षाका दृष्टिकोणले त्यति प्रभावकारी देखिदैनन् । महानगरपालिकाले यसबाट कर उठाउने काम बाहेक अरु काम गरेको देखिदैन ।

भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित भएको साढे चार वर्ष अर्थात १ हजार ५ सय ९२ दिन भएको छ । चुनावी दौडानमा बोलेका कुरा मध्य उनका कुनै पनि कुरा पुरा भएको देखिदैन । साढे चार वर्षमा उनले गरेका कामका प्रगति विवरणमा पनि उनका योजनाले ठाँउ पाएको देखिदैन । यस विषयमा उनीसँग जानकारी माग्दा उनले अहिले यस विषयमा नवोल्ने भन्दै पन्छिन खोजिन् । पटक पटक कुरा गर्न खोज्दा पनि यस विषयमा तयारी नगरेको भन्दै उनी पन्छिईन् ।

उनी निर्वाचित भएर आएको १५९२ दिन नै उनका लागि काम गर्न सहज वातावरण बनेको छ । राजनीतिक वातावरण पनि सधै उनी अनुकुल बनेको छ ।

काँग्रेस माओवादी गठन्धनबाट उम्मेदवार रहेकी उनी बिचमा केही समय नेकपाको गठवन्धनमा पनि काम गर्ने अवसर पाईन भने फेरी काँग्रेसकै गठवन्धनमा काम गरीरहेकी छन् । उनलाई काम गर्न कहीले पनि अवरोध भएको देखिदैन ।

भरतपुर महानगरकाका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । यसरी सरसर्ती हेर्दा पनि माओवादीले जस्लाई समर्थन गर्यो उसैको बहुमत हुने अवस्था छ । यस्तो अनुकुल समय हुदाहुदै पनि उनले आफ्नो चुनावी अभियानका क्रममा जनताको घरदैलोमा जादा गरेको वाचा भने पुरा भने नहुनुले उनको राजनीतिक भविष्यसमेत अन्यौलमा छ ।

स्वामित्व लिने प्रयास मेयर रेनु दाहालले अगाडी सारेका योजनाहरुले प्राथमिकता त पाएन । तर यस बिचमा उनले गरेका भनीएका कामहरु हेर्दा ति कामको स्वामित्व लिने प्रयास मात्रै भएको देखिन्छ । उनले साढे चार वर्षमा गरेका ५४ वटा कामहरु मध्य धेरै काम बैठकमा मात्रै सिमित हुन पुगेका छन् । पौष २१ गते वुधवार पत्रकार सम्मेलन गरेर अहिलेसम्म गरेका कामहरु हेर्दा अधिंकाश कामहरु योजना र बैठकमै सिमित रहेको देखिन्छ ।

भरतपुर महानगरपालिका भित्र संचालिन गौरवका आयोजनाहरुको काम सन्तोषजनक नभएको मेयर दाहाल स्वयमले स्वीकार गरेकी छन् । २०७७ चैत्र ७ गते महानगर प्रमुख रेनु दाहाल, उपमेयर लगाएत सरोकारवालाको छलफलले काम राम्रोसँग नभएको निष्कर्ष निकालेको छ ।
महानगरले गरेका ५४ वटा कामहरु मध्य निम्न ६ वटा कामहरु संघीय सरकार अन्र्तगत भएका कामहरु हुन् ।

संघीय सरकारले निर्माण गरीरहेको नेपालकै सबभन्दा लामो ८८.६ कि.मी. को महानगरीय रिङरोड रु. ८ अर्व २० करोडको लागत रहने गरी सघन शहरी विकासबाट १० कि. मि., प्रदेश सरकारबाट ८.५५ कि. मि., सडक विभागबाट १२ कि. मि. र महानगरबाट १० कि. मि. गरी जम्मा ४०.५५ कि. मि. रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको छ ।

पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ लेनको सडक ४ लेन बाइपास सडक, हुलाकी सडकको १९ कि. मि. विस्तार एवं स्तरोन्नति र भरतपुर– मेघौली– गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ कि. मि. सडक निर्माणाधीन सडक पनि संघीय सरकारकै काम हो ।

शहरी विकास मन्त्रालयबाट रु. १ अर्व ८५ करोडको लागतमा निर्माण हुदै गरेको सिटी हलमा मेयर आफैले स्वामित्व लिने प्रयास गरेकी छन् ।

कोभिड १९ विरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसिल, जान्सेन खोप गरी करिव ४ लाख मात्रा खोप लगाइएको र १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई समेत खोप लगाउने कामलाई पनि महानगरले गरेको भन्न मिल्दैन ।

देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको भनिए पनि सो संरचना निर्माणमा भएको लापारवार्हिका कारण बाढीले बगाएको र अन्य काम कछुवा गतिमा रहेको छ ।

नारायणी नदीको डुवान, कटान नियन्त्रणको लागि तटबन्धन गर्न संघीय सरकारबाट ४ अर्बको बजेट सुनिश्चित भएको छ भनीए पनि काम अगाडी बढेको छैन ।

कामहरु योजनामै सिमित
महानगरले गरेका भनेर प्रस्तुत गरिएका कामहरु मध्य नौ वटा कामहरु योजनामा नै सिमित देखिन्छन् ।

भरतपुर महानगरपालिका वडा ३ स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणका लागि तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा मात्रै रहेको छ ।

नारायणी नदी किनारलाई सि बिज मोडेलमा विकास गरीने भनीए पनि अहिलेसम्म रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल भनेर टायल विछ्याउने काम मात्रै भएको छ ।

भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम प्रगति अहिलेसम्म छलफलमा नै सिमित देखिएको छ ।
देशकै गौरवको परियोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रशाला निर्माण विवादका बिच सुरु भएर अहिले काम नै रोकीएको छ ।

भरतपुर महानगरपालिका वडा नं १५ मा स्थापना गर्ने भनीएको १०० वेडको आयुर्वेद अस्पताल र शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको देशकै पहिलो ३०० शैयाको शिक्षक अस्पतालले योजनामा मात्रै सिमित रहेको छ ।

फोहोर मैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारसंग सम्झौता गरिएको भनिए पनि अहिलेसम्म काम अगाडी बढ्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती योजना, भूमिगत विद्युत् लाइन विस्तारको कार्य ढिलो गतिमा केही अगाडी बढेको छ ।

मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघ संस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरीए पनि घोषणामा मात्रै सिमित देखिएको छ । भने मानव सेवा आश्रमले सहयोग नगरेको आरोप लगाउदै आएको छ ।

भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजना साथै महानगरीय यातायात गुरुयोजना तयारीको कार्यको लागि परामर्शदाता नियुक्तको काम देखिने गरेर कार्य भएको पाईदैन ।

लैङ्गिक समानता, महिला सशक्तीकरण र सामाजिक समावेशीकरणका क्षेत्रमा मेयर उपमेयर लक्षित कार्यक्रम आयोजना गरिएको भनिए पनि सो कार्यक्रमहरु प्रभावकारी देखिएका छैनन् ।

यसरी हेर्दा मेयर रेनु दाहालले चुनावी अभियानका क्रममा गरेका बाचाहरुले उनको कार्यकालमा प्राथमिकता पाएको देखिदैन । त्यसैगरी गरिएका भनिएका कामहरु मध्य धेरै काम पहिलाकै निरन्ता हुन भने ६ वटा कार्यहरु राष्ट्रिय योजनाका कामहरु हुन् भने ९ वटा कामहरुले गनि लिन नसकेको देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>