कर्पोरेट

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ निःशुल्क चलाउन सकिने

Banner

चितवन, पुस २०-

एनआईसी एशिया बैँकले डिजिटल बैँकिङको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैँकिङलाई निःशुल्क बनाएको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्तिमा मोबाइल बैँकिङ एप, वेभसाइट, आईसर्भ तथा इन्टरनेट बैँकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको जनाइएको छ ।

यससुविधा मार्फत् यस बैँकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशिया मोबाइल बैँक एप,आईसर्भ, वेभसाइट तथा इन्टरनेट बैँकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस निःशुल्क सुविधाको प्रयोग गरी यस बैँकका ग्राहकले मोबाइलबाट अन्तर बैँक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझने, मुद्दती निक्षेप खोल्ने, बैँकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने लगायत रहेका छन् ।

त्यसैगरी मोबाइल एपमार्फत् विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आईपीओको आवेदन पनि दिन सकिने बैँकले जनाएको छ । प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्ने जनाएको छ । इन्टरनेट बैँकिङ मार्फत् अन्तर बैँक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिने बैँकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बैँकले भौतिकरुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटलरुपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी तथा बैँकको वेबसाइटबाट उक्त सेवाहरू अनलाइन मार्फत् लिन सकिने सुविधा प्रदान गरेको छ ।

बैँकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैँकप्रतिको भरोसाले गर्दा यो बैँक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैँक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवम् ९१ हजार बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक माझ सञ्चालनमा रहेको यस बैँकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैँकले जनाएको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बैँकको दाबी छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैँकले जनाएको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैँकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>